01-4982174 [email protected]

Are you going abroad for labour (shram) work from Nepal? Check out how to find Labour (Shram) Permit Online in Nepal.

These below mentioned are the simple and easy steps to remember and to find labour permit online.

1 Type https://feims.dofe.gov.np/Common-Login.aspx on your browser or Log in to the official DoFE FEIMS Portal.
2 Click on Login under वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र ।
3 Enter your Passport Number and Click Next.

✨ It is that easy.

IMPORTANT NOTICE

🩺 श्रम स्वीकृति लिनुअघि वैदेशिक रोजगार मेडिकल गराउनुहोस्

श्रम स्वीकृतिका लागि सरकारबाट सूचीकृत स्वास्थ्य संस्थाको होलोग्राम सहितको मेडिकल रिपोर्ट अनिवार्य हुन्छ। Asian Plus Medical Center मा गरिएको मेडिकलको नतिजा वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा सिधै पठाइन्छ। मेडिकल प्याकेज रु. ६,५०० देखि सुरु हुन्छ।

✔ होलोग्राम सहितको रिपोर्ट
✔ प्रायः २४ घण्टाभित्र रिपोर्ट
✔ रिपोर्ट २ महिनासम्म मान्य

मेडिकलपछि अभिमुखीकरण तालिम र बीमा गरेर श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्छ। मेडिकलका लागि पासपोर्ट सहित आफैं उपस्थित हुनुपर्छ।

अनलाइन श्रम स्वीकृति (Shram Swikriti) आवेदन दिने ५ चरणहरू:

चरण १: आवश्यक कागजातहरू डिजिटल फरम्याट (PDF वा JPG) मा तयार पार्नुहोस्

आवेदन सुरु गर्नु अघि निम्न कागजातहरू स्क्यान गरेर मोबाइल वा कम्प्युटरमा राख्नुहोस्:

  • • सक्कल राहदानी (Passport): कम्तीमा ६ महिनाको बहाल अवधि (Validity) भएको।
  • • रोजगारी सम्झौता पत्र (Employment Contract): रोजगारदाता र कामदार दुवैले हस्ताक्षर गरेको (नयाँ कामदारको हकमा सम्बन्धित देशको नेपाली दूतावासबाट प्रमाणित भएको)।
  • • भिसाको प्रतिलिपि (Visa Copy): वा सम्बन्धित देशको ID (जस्तै कतार ID, इमरेट्स ID दुवै साइड)।
  • • स्वास्थ्य परीक्षण रिपोर्ट (Medical Report): वैदेशिक रोजगार विभाग (DoFE) बाट मान्यता प्राप्त Asian Plus Medical Center जस्ता सूचीकृत मेडिकल सेन्टरबाट प्रमाणित स्वास्थ्य रिपोर्ट।
  • • अभिमूखीकरण तालिम प्रमाणपत्र (Orientation Certificate): सरकारबाट मान्यता प्राप्त ओरिएन्टेसन सेन्टरबाट लिइएको अनिवार्य तालिमको प्रमाणपत्र (नयाँ आवेदकका लागि)।
  • • बीमा र कल्याणकारी कोषको रसिद: म्यादी जीवन बीमा (Foreign Employment Insurance) र वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund) मा रकम जम्मा गरेको प्रमाण वा रसिद।

चरण २: FEIMS पोर्टलमा दर्ता हुनुहोस्

  • वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट feims.dofe.gov.np मा जानुहोस्।
  • "वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र" लेखिएको सेक्सन अन्तर्गत रहेको Login बटनमा क्लिक गर्नुहोस्।
  • आफ्नो राहदानी नम्बर (Passport Number) र जन्म मिति राख्नुहोस्। यदि पहिलो पटक हो भने नयाँ एकाउन्ट दर्ता (Register) गर्नुहोस्।

चरण ३: आवेदन फारम भर्नुहोस्

  • लगइन भइसकेपछि "Apply for Work Permit" मा जानुहोस्।
  • पहिलो पटक जाँदै हुनुहुन्छ भने New Entry र पुराना श्रमिकको हकमा Re-entry (नवीकरण) रोज्नुहोस्।
  • आफ्नो रोजगारदाता कम्पनीको विवरण, तलब, गन्तव्य देश र भिसा सम्बन्धी विवरणहरू भर्नुहोस्।
  • माथि उल्लेखित डिजिटल कागजातहरू (Medical, Insurance, Orientation, र Contract) क्रमैसँग अपलोड गर्नुहोस्।

चरण ४: आवश्यक शुल्क अनलाइनबाटै भुक्तानी गर्नुहोस्

कागजातहरू अपलोड गरिसकेपछि कल्याणकारी कोष र बीमाको रकम अनलाइन डिजिटल वालेटहरू जस्तै eSewa, Khalti, ConnectIPS वा तोकिएका पार्टनर बैंकहरू मार्फत सजिलै बुझाउन सकिन्छ।

चरण ५: प्रमाणीकरण र श्रम स्वीकृति डाउनलोड

सबै प्रक्रिया पुरा गरी आवेदन बुझाएपछि (Submit) विभागले तपाईंको कागजात जाँच गर्दछ। सामान्यतया २४ घण्टादेखि केही कार्यदिन भित्र श्रम स्वीकृति प्राप्त हुन्छ। स्वीकृत भएपछि तपाईंले FEIMS पोर्टलबाटै आफ्नो इलेक्ट्रोनिक श्रम स्वीकृति (e-Shram Sticker) डाउनलोड गरी प्रिन्ट गर्न सक्नुहुन्छ।

श्रम स्वीकृतिको तयारी मेडिकलबाटै सुरु गर्नुहोस्

पासपोर्ट र २ प्रति पासपोर्ट साइजको फोटो लिएर Asian Plus Medical Center आउनुहोस्।
📍 सामाखुसी-१०, टोखा (City Square Mall पछाडि)
🕒 समय: आइतबार–शुक्रबार, बिहान १० देखि बेलुका ५ बजेसम्म | शनिबार: अपोइन्टमेन्ट लिएर मात्र

🛡️ मेडिकल गरेको मितिले २ महिनाभित्र विदेशमा मेडिकल कारणले अनफिट घोषित भई फर्किनुपरेमा क्षतिपूर्तिको व्यवस्था छ। सर्तहरू हेर्नुहोस्

Our Credentials

nepal-health-professional-federation-logo
ministry-of-labor-department-of-foreign-employment-logo
department-of-foreign-employment-logo
your-health-starts-here-icon

Your Health Starts Here

Have Any Questions or Inquiry?

Or call — +977 1 4982174